धनगढी-कैलालीमा कोरोना रोकथामका लागी जारी निषेधाज्ञा थप एक साता लम्बाइएको छ।जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन समिति डिसीएमसिको सिफारिसमा जिल्ला प्रशासन कार्यालय कैलालीले जेठ १३ गते सम्म निषेधाज्ञा लम्बाएको हो ।
जिल्ला प्रशासनका निमित्त प्रमुख जिल्ला अधिकारी हिरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले कोरोना सङ्क्रमण झन् बढ्दो क्रममा रहेको भन्दै निषेधाज्ञाको अवधि लम्बाउन सुझाव दिएको थियो ।‘
छ,१३ गते सम्म निषेधाज्ञा लम्बाउने तयारी गरेका छौँ,जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने,सङ्क्रमण बढ्दो अवस्थामा रहेकाले सक्दो सतर्कता अपनाउ।‘
यसअघि वैशाख १६ गतेदेखि २२ गतेसम्म, त्यसपछि वैशाख २३ गतेदेखि वैशाख मसान्तसम्म र त्यसपछि वैशाख १ गतेदेखि वैशाख ६ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो।