नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा सुरत खत्री निर्वाचित भएका छन्। कमिटीको दोस्रो सम्मेलनबाट पूर्व उपाध्यक्ष भीम रावल निकट खत्री निर्वाचित भएका हुन्।
सोमबार पार्टी कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा निवर्तमान सचिव रोशन देव पन्त र सुरतबीच प्रतिस्पर्धा भएको थियो। खत्री ६७ मत ल्याएर निर्वाचित भए। पन्तले ६२ मत पाए।
उपाध्यक्षमा वीरबहादुर धामी, सचिवमा खगेन्द्र साउद, उपसचिवमा पार्वती कडायत र नरेश धमेना सर्वसम्मत निर्वाचित भएका छन्।
रुपेश साउद, सत्यकुमारी कुँवर, दिपेन्द्रसिंह ऐरी, किरणसिंह विष्ट, उर्मिला साउद, सिंगलाल बोहरा, दिनेशबहादुर धामी, नवराज श्रेष्ठ, पालुराम चौधरी, नविनराज गिरी, कर्णसिंह विष्ट, पवित्रा साउद, गीता महर, कुन्तिदेवी धामी र रमा कुँवर सदस्य चयन भएका छन्।