सहकारी संस्थाका व्यवस्थापकहरुकाे संस्था काेअपरेटिभ म्यानेजर्स क्लब कैलालीको तेस्राे वार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।
क्लबका अध्यक्ष छबिलाल जैशीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) का संचालक तथा सु.प. प्रदेश बचत संघका अध्यक्ष माधव प्रसाद जाेशी प्रमुख अतिथि रहनुभएकाे थियाे ।
कार्यक्रममा सम्बाेधन गर्दै जाेशीले कैलाली स्थित काेअपरेटिभ म्यानेजर्स क्लबले सहकारी अभियानलाई सशक्त बनाउनकाे लागि उदाहरणीय काम गरिरहेकाे उल्लेख गर्नुभयो ।
कार्यक्रममा जिल्ला संघका उपाध्यक्ष भुपेन्द्र थापा, घाेडाघाेडी नगरपालिका सहकारी शाखा प्रमुख हेमाकान्त सुवेदी, निर्वाचन अधिकृत भक्त बहादुर विष्ट लगायतले मन्तव्य राख्नु भएकाे थियाे । क्लबका उपाध्यक्ष लाल बहादुर भण्डारीले स्वागत मन्तव्य राख्नुभएकाे कार्यक्रमकाे संचालक सचिव नरेन्द्र टमट्टाले संचालन गर्नुभएकाे थियाे ।
साधारणसभाले काेषाध्यक्ष प्रकाश कुमार जाेशीले प्रस्तुत गर्नुभएकाे २ लाख ४४ हजार २९५ बराबरकाे आय/व्यय विवरण पारीत गरेकाे छ । त्यसैगरी महासचिव रुद्रप्रसाद खनालले प्रस्तुत गर्नुभएकाे आगामी याेजना सहित प्रस्तुत प्रगति प्रतिवेदन समेत सर्वसम्मत पारीत भएकाे छ ।
भण्डारीकाे अध्यक्षतामा नयाँ कार्य समिति साधारणसभाले उपाध्यक्ष लाल बहादुर भण्डारीकाे अध्यक्षता १९ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएकाे छ । समितिका उपाध्यक्षमा नवराज न्याैपाने र रुद्रप्रसाद खनाल निर्वाचित हुनुभएको छ ।
त्यसैगरी महासचिवमा नरेन्द्र टमट्टा, सचिवमा अमर बहादुर कुँवर र काेषाध्यक्षमा टीकाराम जाेशी निर्वाचित हुनुभएकाे छ । त्यस्तै १३ जना सदस्यहरु कैलाली जिल्लामा रहेका १३ वटा पालिका अध्यक्षहरु पदेन सदस्य रहने व्यवस्था रहेकाे छ । नवनिर्वाचित कार्य समितिकाे आजै बसेकाे पहिलाे बैठकले संस्थापक अध्यक्ष छबिलाल जैशीकाे संयाेजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरेकाे छ ।
समितिका सदस्यहरुमा चन्द्रकान्त खनाल, प्रकाश कुमार जाेशी, याेगेश बाेहरा र दिनेश गेलाल रहनुभएकाे छ ।