धनगढी- व्यवसाही दुर्गा प्रसाईले मङ्सिर ७ गतेलाई आह्वान गरेको आन्दोलनलाई प्रदर्शन गर्दै धनगढीमा प्रदर्शन गरिएको छ ।
कैलालीका युवाहरुले प्रसाईको साथमा रहेको शन्देश दिन बुधबार धनगढी चौराहदेखि पार्कमोड सम्म नारावाजी सहित प्रदर्शन गरेका हुन् ।
मारवाडी आतंक मुर्दावाद,प्रचण्ड सरकार राजिनामा दे, नारायणहिटि दरवार खाली गर हाम्रो राजा आउदैछ,देशको झण्डा वोकिन्छ देश द्रोहीलाई ठोकिन्छ लगायतका नारा लगाएर देश ब्यापीरुपमा एकताको शन्देश दिइएको युवा नेता दिनेश बमले बताए ।