तराईवासीले मनाउने छठ पूजाको तयारी पुरा भएको छ । छठमा पूजा गर्न आउने भक्तालुका लागि कैलालीको मोहना घाटमा टेण्ट निर्माण, बिजुली बत्ति र रातिका लागि जाग्रमस्थल निर्माण कार्य पुरा भएको समितिका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिए । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले मोहना घाटमा हरेक वर्ष पूजा गर्ने भक्तालुको संख्या बढ्ने क्रम रहेको बताए ।
पाँच हजारभन्दा बढी श्रद्धालुले सूर्यलाई जल चढाउने अपेक्षा गरिएको छ ।
अस्ताउदो सूर्य र उदाउँदो सूर्यलाई जल चढाउनुका साथै छठी मैयाको पूजाआराधना छठ पर्वको मुख्य विषेशता रहेको छ । छ्ठ पुजाको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले गर्ने आयोजकले जनाएको छ ।
छठ पुजा सेवा समितिको आयोजनामा हरेक वर्ष मोहना घाटमा पुजा कार्यक्रम हुँदै आएको छ ।