दशैं तिहारको उपलक्षमा आफ्ना ग्राहकलाई ३० हजारसम्मको उपहार वितरण गर्ने पिसल्याण्डले जनाएको छ ।
२९ गतेबाट लागू हुन लागेको सो उपहार कार्यक्रम छठ पर्वको दिन (मंसिर ३ गते) सम्म चल्ने छ । उपहार योजना लक्की ड्र मार्फत गरिने सञ्चालक कविन्द्र ऐरले बताए । प्रत्येक ग्राहकले आफुले रिर्सोटमा लिएको सेवा वाफत विल अनिर्वाय लिनु पर्ने छ र सो विल नं. को आधारमा उपहार वितरण हुने छ ।
पहिलो उपहार १० हजार नगद र दुईवटा कालिज रहने छ । त्यसैगरी दोस्रो उपहारमा ६ हजार नगद १ लोकल कुखुराको परिकार दिइने र तेस्रो उपहारमा ५ हजार नगदसहित ३ प्लेट चाइनिज चिकेन रहने सञ्चालक ऐरले बताए ।
उपहार लक्की ड्र मार्फत मंसिर ९ गते खोलिने छ । ग्राहकहरुलाई रिर्सोटमा आई सेवा लिइ दिन हुन उनले आग्रह गरेका छन्। पिसल्याण्डले सधै शुद्ध र मिठा परिकारमा जोड दिने उनले बताएका छन्।