क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्धाको पेशी स्थगित भएको छ । आईतबार प्रकाशप्रसाद पण्डितको इजलासमा परेको मुद्धा हेर्दा हेर्दैमा राखिएको हो ।
इजलासको पाँचौंं नम्बरमा रहेको मुद्धालाई हेर्न नभ्याइने भन्दै आदेश आएको हो । सन्दीपको मुद्धाले अदालतमा पालो पाएको छैन । सन्दीपको मुद्धाको विवाद पिडित र उनको आमाको नागरिकतासम्म पुगेको छ । मुद्धाको अर्को पेशी भदौ २१ गतेका लागि तोकिएको छ ।