सडकमाथिबाट खसेको सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग शनिबार बिहानैदेखि अवरुद्ध बनेको छ। जयपृथ्वी राजमार्गअन्तर्गत छबिसपाथिभेरा गाउँपालिका-१ बालुवाटार (सुङ्गाल्ना) नजिकै सुख्खा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको हो।
पहिरोका कारण बझाङ सदरमुकाम चैनपुरसँगको सम्पर्क बिच्छेद भएको छ। शनिबार बिहानैदेखि सदरमुकाम चैनपुरबाट छुटेका यात्रुबाहक बस, मालबाहक ट्रक र जीपहरु रोकिएको प्रहरीले जनाएको छ।
अवरुद्ध सडक खुलाउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए। सडक डिभिजन कार्यालय बैतडीको डोजर परिचालन गरि सडक खुलाउने अधिकारी अर्यालको भनाई छ।