नेप्से परिसूचक सोमबार एकै दिन ४४ अंकले गिरावट आएको छ ।सोमबार बजार ४४.६५ ले घटेर २४१९.७१ अङ्कले गिरावट आएको हो ।
नेप्सेमा ५० लाख ९५ हजार ८ सय ३४ कित्ता सेयर कारोबार हुँदा दुई अर्ब २६ करोड सात लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार रकम बढे पनि बजारमा एक दशमलव ८१ प्रतिशतले गिरावट आएको छ । आइतबार सार्वजनिक बिदापछि खुलेको बजारमा १७ कम्पनीले नाफा कमाउँदा एक सय ७६ कम्पनीका सेयर धनीले गुमाए ।
नेस्डो, समृद्ध लघुवित्त वित्तीय संस्था र जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ ।
नेप्से बजारमा नेस्डो लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य एक सय ७० रुपैयाँ बढेर एक हजार ८७० रुपैयाँ र जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको ४४ रुपैयाँ ६० पैसा बढेर चार सय ९१ रुपैयाँमा कारोबार भएको छ ।