नेपाली गीतसङ्गीतको क्षेत्रमा मौलिकता हराउँदै गएको बेला धर्मराज भट्टराईको मौलिक देउडा गीत आधा तोला सुन सार्वजनिक भएको छ ।
सुदूरपश्चिमका चर्चित देउडा गायक टेक बोगटी र चर्चित देउडा तथा लोकदोहोरी गायिका पूर्णकला बिसीको स्वरमा रहेको नयाँ देउडा गीत आधा तोला सुन सार्वजनिक भएको छ।जसमा धर्मराज भट्टराईको शब्द,लय रहेको छ ।
गीतको म्युजिक भिडियो धोज महरा युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।रमेश बिजुली बिसी दारा निर्देशन गरिएको उक्त म्युजिक भिडियोमा धर्मराज भट्टराई र प्रेन्का कुँवरले अभिनय गरेका छन् । दीपक सङ्गम बिसीको एरेन्जर रहेको म्युजिक भिडियोको छायाङ्कन भने पिआर जोशीले गरेका हुन् ।
गीत समय सान्दर्भिक देउडागित सुदूर तथा मध्य पश्चिमको संस्कृति परम्परागत र मौलिकता धार्मिक भाषा भेष भुषा कला जोगाउने मौलिक देउडा गीत बनेको छ ।
यस गीतले परदेशी प्रेम कहानी सम्बन्धित अतीतको याद दिलाउने खालको देउडा गीत बनेको निर्देशक रमेश बिजुली
बिसीले बताउनुभयो ।