नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू क्रान्तिकारीले केन्द्रीय समिति सदस्यहरू,प्रदेश पदाधिकारीहरू,केन्द्रीय आयोगका सदस्यहरू र केन्द्रीय प्रतिनिधिहरू चयन गरेको छ । काठमाडौँमा सम्पन्न २२ औँ राष्ट्रिय सम्मेलनले १ सय ९९ को केन्द्रीय समिति चयन गरेको छ ।
फ्रयाक्सन इन्चार्ज हितमान शाक्य र सङ्गठनका निवर्तमान अध्यक्ष रञ्जित लामाको उपस्थितिमा प्रदेश पदाधिकारी,केन्द्रीय आयोगका सदस्य र केन्द्रीय प्रतिनिधि चयन गरीएको अनेरास्ववियू केन्द्रीय अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन्।