सुदूरपश्चिममा नेपाल उपभोक्ता संरक्षण महासङ्घको प्रदेश कमिटी गठन गरिएको छ । महासङ्घको प्रदेश अधिवेशनबाट रामचन्द्र जोशीको अध्यक्षतामा २४ सदस्य कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा लक्ष्मी केसी,लक्ष्मण साउद,सचिवमा बल बहादुर साउद र कोषाध्यक्षमा अनुपा चौधरी चयन भएका छन् ।
अधिवेशनले १७ सदस्य पनि चयन गरेको छ । वरिष्ठ उपाध्यक्ष र महासचिव भने हाल चयन गरिएको छैन । नवगठित कमिटीका अध्यक्ष जोशीले उपभोक्ताको हक,हित संरक्षणका लागी प्रतिबद्ध भएर काम गर्ने बताएका छन् ।
‘हामीले उपभोक्ताको हितका लागी बजार अनुगमनमा जोड दिन्छौँ,बजारको कालोबजारी रोक्न सक्दो पहल गर्छौँ,जोशीले भने,‘अहिले प्रदेश कमिटी निर्माण भएको छ,केही समयमा हामीले प्रत्येक जिल्ला र प्रदेशभरका ८८ वटै स्थानियतहमा कमिटी गठन गर्छौैँ।’