धनगढी – कञ्चनपुरको कृष्णपुरमा एम्बुलेन्सले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको बिषयलाई लिएर स्थानीयले अवरुद्ध गराएको पूर्वपश्चिम राजमार्ग खुलेको छ।
कृष्णपुर नगरपालिका वडा नम्बर ५ मा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरिएको थियो।
स्थानीयले कारबाही र क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध गरेका थिए। अवरुद्ध पार्ने पक्षसँग छलफल गरेर सहमति गर्ने भएपछि बन्द गरिएको पूर्वपश्चिम राजमार्ग सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेले बताए ।