दाङसहित थारु समुदायको बसोबास रहेका जिल्लामा आज अट्वारी पर्व मनाइँदै छ । पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपरका थारु समुदायले अट्वारी पर्व धुमधामसँग मनाउने गर्छन् । हरेक वर्षको अष्टमीपछि चन्द्रमा देखिने बित्तिकै मनाउने परम्परा अनुसार उपयुक्त ठानी अट्वारी मनाउन लागिएको हो ।
थारु समुदायका पुरुषले महिलाको सम्मानका लागि भनेर यो दिनलाई विशेष रुपमा लिने गरेका छन् । आजको दिन पानी समेत नखाएर ९निर्जल० ब्रत बस्ने गरिन्छ । अट्वारी पर्व कृष्ण जन्माअष्टमीको आठ दिनपछि आउने दिनलाइ मनाउने प्रचलन थारु समुदायमा छ । यो पर्व सूर्य अर्थात शक्तिको उपसनाको लागि गर्ने गरिएको लक्ष्मीमान चौधरीले वताए ।
किम्वदन्ती अनुसार दाङका थारु राजा दंगीशरण, पाण्डव र कौरवबीचको युद्धका नायक भिमसँग समेत जोडेर यो पर्वलाई मनाउने गरिएको छ । थारु राजा र पाच पाण्डवको सम्बन्धलाई बलियो बनाउन यो पर्व मनाइने गरेको उनीहरुको भनाइ छ ।