(१) मायाको स्पर्शले जसरी छुने गर्छ,
अनेकौँ पीडाहरूले नै मन रुने गर्छ ।
विघ्न-बाधा आए पनि जिन्दगीमा,
आँसुले ती पीडाहरुलाई धुने गर्छ ।।
(२) कोइली स्वर मायाको सुनिरहुँ लाग्यो,
पिरतीका कुराहरु सारै बुनिरहुँ लाग्यो ।
मायामा दु:ख सुख जे जस्तो भएपनि,
मनको साइनो गासेर सधैं थुनिरहुँ लाग्यो ।।
(३) जिन्दगी कहाँ गएर ठोकिन्छ थाहा हुँदो रहेनछ,
मृत्यु कुन तुलामा जोखिन्छ थाहा हुँदो रहेनछ।
रगत को नाता भन्दा मनको नाता गाढा हुन्छ भन्छन्,
यहाँ वचनले कसरी घोचिन्छ थाहा हुँदो रहेनछ ।।
(४) आज यहाँ छु भोलि कहाँ हुनेछु थाहा छैन मलाई
अनेकौं सपना बुनेको थिए तर भाग्यले साथ दिदैन मलाई।
अचम्म लाग्छ दुश्मनको आँखा लागेर हो कि,
भन्ने गल्ती न हुँदा पनि भाग्यले खेल खेल्यो भयो बेचैन मलाई ।।
रिता खराल ,रुपन्देही