मनसुनी वायुको प्रभावका कारण देशभर बदली भइरहेको मौसममा मंगलबारबाट मात्र सुधार आउने भएको छ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानाङ्गका अनुसार, नेपालको तराई भू–भाग नजिक रहेको न्यून चापीय रेखाका कारण देशभर वर्षा भइरहेको छ। “मंगलबारबाट मौसममा केही सुधार आउने देखिन्छ,” प्रधानाङ्गले भने, “आज र भोलि सबै प्रदेशमा वर्षा हुने देखिन्छ। केही स्थानमा भारी वर्षाको सम्भावना छ।”
मनसुनको समयमा सक्रिय रहने न्यून चापीय रेखा उत्तर(दक्षिण सरिरहन्छ। उत्तरतर्फ आउँदा नेपालमा मनसुन सक्रिय हुन्छ भने दक्षिणतर्फ जाँदा निष्क्रिय हुन्छ।
महाशाखाका अनुसार, प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज देशका अधिकांश भू(भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
आइतबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
थप सामग्री स् जततउकस्ररधधध।जष्mबपिजबदबच।अयmरलभधकरज्ञद्दछटद्धघ