धनगढी – पहिरोका कारण अवरुद्ध बनेको सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनःसञ्चालनमा आएको छ।
कैलालीको खानीडाँडामा माथिबाट खसेको पहिरोका कारण अवरुद्ध भएको राजमार्ग सञ्चालनमा आएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ। डोजरको सहायताले पहिरो पन्छाई राजमार्ग सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ।