❣️टुक्का कविता ❣️
१
विकृतिहरु जतिछ्न् सबैलाई जरैबाट ललकार,
हत्या, हिंसा, बलात्कार गर्नेलाई फाँसी देउ सरकार ll
२
हरेक दु:खहरु बुझेर जस्ले कर्म गर्छ ,
उस्ले जिवनमा नै सधैं नयाँ उमंग छर्छ ll
३
मनको घाउँ सजिलै मेटेर मेटिदैन,
असल सज्जन मान्छे खोजेर भेटिदैन ll
४
लोभ,रिस ,डाहा कसैको पनि नगर्नु कहिल्यै,
सम्मान गरेर सबैप्रती माया छर्नु जहिल्यै ll
५
रगत ,पसिना बगाई यहीँ धर्तीमा कर्म गर्नुपर्छ ,
नेपालको सान बढाई सधैं नयाँ उमंग छर्नुपर्छ ll
६
हाम्रो देशको माटोमा नै अब्बल उर्जा छ हेर ,
असल कर्म गरेर देशको नयाँ भेष फेर ll
७
रोजगार नपाएर खाडी गए युवा जति,
विकास कसरी हुन्छ ? देशको यस्तो छ गति ll
८
असत्यलाई त्यागौँ भने सबैको हित,
असल कर्मले नै हुन्छ सत्यको जित ll
९
मन भित्र सारै पिडाहरु हुन्छन् ,
मान्छेले अनेकौं जालहरु बुन्छ्न् ll
१०
जीवनमा धेरै उतारचढाव आइरहन्छन् ,
संघर्षका बाटाहरु पनि सारै छाइरहन्छ्न् ll
✍️❣️रिता खराल ,रुपन्देही ❣️