नेकपा माओवादी केन्द्र चुरे गाउँपालिका अध्यक्षमा हर्क नेपाली (सगुन) चयन भएका छन् । शनिवार गाउँ कमिटी भेलाबाट नेपाली (सगुन) अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
भेलाले नेपाली (सगुन) को अध्यक्षतामा ५५ सदस्यीय गाउँ कमिटी गठन गरिएको हो । गाउँ कमिटीको सचिवमा टेकेन्द्र बम चयन भएका छन् ।
सङ्गठनलाई मजबुत बनाउँदै लग्ने निर्णय गरीएको अध्यक्ष नेपालीले बताए ।
‘सर्वसम्मतबाट चयन भएको छु ।अव चुरे गाउँपालिकामा सङ्गठनलाई मजबुत बनाउँदै लग्ने छु।यसमा सबै पक्षको साथको खाँचो छ’,उनले भने ।
विस्तारित बैठकबाट पार्टी सङ्गठन विरुद्धका गतिविधि गर्ने ४ जनालाई कारबाही गर्न जिल्ला कमिटीलाई सिफारिस गरीएको सचिव टेकेन्द्र बमले बताए ।
सङ्गठन विरुद्धका गतिविधि गर्ने,पार्टी परित्याग गरी अन्य पाटीमा लागेका किसन सिंह साउद, हर्क धामी, जयमल धामी (सागर) र सरोज बुढामाथि कारबाही गर्न जिल्ला कमिटीलाई सिफारिस गर्ने निर्णय गरीएको छ ।
गाउँ कमिटीका अध्यक्ष टेकेन्द्र बमको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला अध्यक्ष लाल बहादुर सोडारी थिए । कार्यक्रममा पूर्व केन्द्रीय सल्लाहकार सदस्य मेघराज भट्ट , जिल्ला कमिटी सदस्य दिनेश शाह , गोदावरी नगर कमिटीका सह इन्चार्ज धर्म सिं कुँवर लगायतको सहभागिता रहेको थियो। बैठकमा करिब ८० जनाको सहभागिता थियो ।