१.सरकारका मानिसहरूले काम गरेनन् भनेर बुझ्नु ।
किन हो भनेर भन्दैनन् गहिरिएर बुझ्नु ।।
गरिब जनताहरूले दुःख पाए सधैँ ।
देशको स्थिति राम्रो छैन बुझ्नु ।।
२.
जिन्दगीमा यस्तो खालका समस्या भोग्न सहायक लाग्यो ।
बरु गरिबको भावना र भोगाइ लाभदायक लाग्यो ।।
यो गतिबाट टाढीन् मन छ ।
एकान्तमा गएर बस्दा पायक लाग्यो ।।
३.
वर्तमान परिस्थितिमा मानिसहरूको भविष्य राम्रो हुँदैन चिन्ता लाग्छ ।
देशले कोल्टे फेर्नहुँदैन चिन्ता लाग्छ ।।
हामी यहाँ दुःख,कष्ट भोगिरहेका छौँ ।
कानुन बन्छन् तर पालना हुँदैन चिन्ता लाग्छ ।।
४.
अब जिन्दगीमा भर पर्न छोडेपछि ।
आफ्नो कर्तव्य आफैले गरेपछि ।।
परिस्थितिलाई समाल्न सक्ने बन्नुपर्यो ।
जीवनको चौतारीमा बाध्यताको गोलो लागे पछि ।।