छिमेकी मुलुक भारतमा पछिल्लो २४ घन्टामा थप ४३ हजार ६५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा संक्रमित हुनेको संख्या ३ करोड १८ लाख ८४ हजार ६०५ पुगेको छ ।
यसै गरी पछिल्लो २४ घन्टामा थप ६४० संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा ज्यान गुमाउनेको संख्या ४ लाख २२ हजार २२ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस अवधिमा ४१ हजार ६७८ जना संक्रमणमुक्त भएका छन् । अहिले पनि भारतमा ३ लाख ९९ हजार ४३६ जना सक्रिय संक्रमित रहेका छन् ।
भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ ।
हालसम्म भारतमा कोरोनाविरुद्ध ४४ करोड ६१ लाख डोज खोप लगाइसकिएको छ ।