धनगढी – सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १९ जना कोरोनाको संक्रमण देखिएको छ। पछिल्ले २४ घण्टामा अस्पतालको प्रयोगशालामा १३९ जनाको नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार अस्पतालबाट शनिवार ३ जना संक्रमित निको भएर घर फर्किएका छन भने १० जना संक्रमित अस्पताल भर्ना भएका छन। हाल अस्पतालमा २५ जना संक्रमित उपचाररत रहेका छन्।