दार्चुलामा एकजना कोरोना संक्रमित ६८ दिनपछि डिस्चार्ज भएका छन्। जोशी सोमबार ६८ दिनपछि अस्पतालबाट डिस्चार्ज भएको जोशीका आफन्त रामदत्त जोशीले बताए।
दार्चुलाको लेकम गाउँपालिका -५ मैखोलीका इन्द्रदेव जोशी स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । वैशाख २९ गते जिल्ला अस्पताल दार्चुलामा भर्ना भएका जोशीको स्वास्थ्य चेकजाँच गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।
कोरोना देखिएपछि उपचाररत रहेका जोशीलाई अब त बाँचिन्न जस्तो लागेको थियो । उनको भेन्टिलेटर, एचडीयुमा राखेर उपचार गरिएको थियो । पुर्नःजन्मका पाएको भन्दै जोशीले उपचारमा खटिएका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई सम्मानस्वरुप खादाले सम्मान गरेका थिए।
‘चिकित्सकले मलाई बचाउनुभयो। आज मैले पुनरजन्म प्राप्त गरे, उनीहरुलाई म हृदयदेखि नै सम्झन र सम्मान गर्न चाहन्छु, जोशीले भने।’