धनगढी उपमहानगरपालिका वडा नम्बर १६ स्थित बेहडाबाबा मन्दिरमा महारुद्धि तथा महामृत्युञ्जय अनुष्ठान लाग्ने भएको छ। मन्दिर व्यवस्थापन समितिले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी साउन १ गतेदेखि ३२ गतेसम्म अनुष्ठान लाग्ने जानकारी दिएको हो।
अनुष्ठानका पण्डित सत्यराज अवस्थीका अनुसार प्रत्यक दिन विहान ५ बजे देखि ६ बजे सम्म सन्ध्योसन तथा योगाअभ्या, ६ देखि ८ बजे सम्म दैनिक विद्धान ब्राह्मणद्वारा वैदिक पुजन तथा नमकचमक रुद्धाभिषक हुने छ। यस्तै गरी विहान ९ बजे देखि दिउँसो १२ बजे सम्म दैनिक महाभारतको मुलपाठ पुराण एंव महामृत्युञ्जय वप सञ्चालन हुने छ। दिउँसो एक बजे देखि बेलुका ५ बजे सम्म दैनिक महासंगितमय महाभारको प्रवचन हुने छ।
यसैगरी बेलुका साढे ५ बजे देखि साढे ६ बजे सम्म दैनिक विशेष विश्वाकल्याणकारी श्रग्रारिक एंव संगितमय महा हारति सञ्चालन हुने छ।पर्यटकीयस्थल बेहडबाबामा हुने अनुष्ठान अवधिभर साउनको महिना सोमबार ,शनिबार धनगढीबाट निशुल्क बसको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ।
अनुष्ठानमा हरेक दिन ११ जना बाह्मण द्वारा हरेका २ घण्टा रुद्धाभिषेक गरिने छ । मन्दिर व्यवस्थापन समितिका सचिव पदमराज जोशीले धनगढी उपमहानगरपालिका पनि सहयोग रहेको बताए। अनुष्ठान विभिन्न सञ्चार माध्याममा समेत प्रत्यक्ष प्रसारण गरिने बताईएको छ।
पत्रकार सम्मेलनमा धनगढी उपमहानगरका मेयर नृपवहादुर वडले बेहडाबाबा धार्मिक तथा पर्यटकी दृष्टिकोणले महत्वपूर्ण क्षेत्र रहेको बताए। उनले कोभिडका कारणले वाह्य पर्यटकहरु आउन नसकेपनि अन्य समयमा भारतबाट समेत हजारौँ भक्तजनहरु आउने गरेको बताए। अनुष्ठान प्रवेश गर्दा स्वास्थ्य मापदण्ड अपनाएर मात्र प्रवेश गर्न दिइने आयोजकले जनाएको छ।