पछिल्लो २४ घण्टामा देशभर २ हजार ३७० जना कोभिड १९ संक्रमित पहिचान भएका छन्। ७ हजार ६८९ जनाको पीसीआर परीक्षण गराउँदा १ हजार ६९० जनामा र ३ हजार ८९५ जनाको एन्टिजेन परीक्षण गर्दा ६८० जनामा संक्रमण देखिएको छ।
यस्तै, १ हजार १३३ जना संक्रमण मुक्त भएका छन्।
संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ। देशभर हालसम्म ९ हजार ४०० जनाको मृत्यु भइसकेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १० लाख ७९ हजार १९२ जनाले कोभिड १९ विरुद्ध खोप लगाइसकेका छन्। यस्तै, २६ लाख ११ हजार ८०७ जनाले पहिलो डोज लगाएका छन्।