दार्चुला – दार्चुलामा अपि हाइड्रो पावरको ड्याम जोखिममा परेको छ। नौगाड गाउँपालिकामा रहेको ड्याम वर्षाका कारण जोखिममा परेको हो।
गाउँपालिकाको वडा नम्बर ३ को खार र नौगाड खोलाको दोभानमा पानीजम्मा भएपछि तलाउ बनेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए।
तीनै सुरक्षा निकायले क्षति नहुने गरी तलाउ फुटाउने प्रयास गरिरहेको डिएसपी भट्टले बताए।