धनगढी – सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १०२ नमूनाको परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार हाल अस्पतालमा १३ जना संक्रमित उपचाररत छन्। जसमध्ये २ जना संक्रमित आईसीयू, २ जना भेन्टिलेटर र ८ जना अक्सिजनको सर्पोटरमा उपचाररत रहेको छन् । यस्तै आज २ जना बिरामी निको भएर घर फर्किएका छन भने २ जना अस्पतालमा भर्ना भएका छन् । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।