दार्चुला – दार्चुला –बैतडी जोड्ने महाकाली लोकमार्ग अवरुद्ध भएको छ। दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ ग्वानीको दुधौलीगाड र पनेबाजमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ।
सडकमा खसेको पहिरो पन्छ्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ। गोकुलेश्वरबाट दार्चुलातर्फ जादै गरेका सवारी साधन सडकमै रोकिएका छन्।