धनगढीमा गरिएको कोरोना परिक्षणमा थप १९ जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घन्टामा ९९ नमुना परिक्षण गर्दा १९ जनाको पोजेटिभ र ८० जनाको नेगेटिभ आएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । संक्रमितहरुमा धनगढीका २,कैलालीकै अन्य स्थानका १५ र जिल्ला बाहिरका २ जना छन् । पछिल्लो २४ घन्टामा १० जना निको भएका छन् भने ७ नयाँ संक्रमीत अस्पताल भर्ना भएका छन् । हाल अस्थायी कोरोना अस्पतालमा १८ जना संक्रमीत उपचाररत छन् ।
सेती अपडेट : १९ जनामा कोरोना पुस्टी,७ जना अस्पताल भर्ना
सेती अपडेट : १९ जनामा कोरोना पुस्टी,७ जना अस्पताल भर्ना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु