कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ६३ करोड पाँच लाख २५ हजार रुपैयाँ बजेट ल्याएको छ । बिहिवार आठौं गाउँसभा अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवाले आगामी आर्थिक वर्षका लागि ६३ करोड पाँच लाख २५ हजार रुपैयाँको बजेट प्रस्तुत गरीन् ।
जम्मा विनियोजन ६० करोड ८९ लाख ६७ हजार र गैर सरकारी संस्थाको दुई करोड १५ लाख ५८ हजार रुपैयाँ गरी उक्त बजेट आएको हो । कैलारी गाउँपालीकाले पूर्वाधार र सामाजिक विकासलाई मुख्य प्राथमिकतामा राखी तीन तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
सङ्घीय सरकारबाट प्राप्त हुने ५२ करोड ४७ लाख नौ हजार, प्रदेश सरकारबाट प्राप्त हुने दुई करोड ७९ लाख ५८ हजार रुपैयाँ,यसैगरी, गाउँपालिका आन्तरिक आय दुई करोड ६३ लाख र आन्तरिक स्रोत तर्फ चालू आवको बचत तीन करोड रुपैयाँ गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि आयको रुपमा रहेको छ।