सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १०५ नमुनाको परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार कैलालीका ७ र कञ्चनपुरका एक जनामा संक्रमण पुष्टि भएको हो । हाल अस्पतालमा १७ जना कोरोना संक्रमित उपचारत छन् ।
जसमध्ये २ जना भेन्टिलेटर ८ जना आइसियुमा, ५ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने ४ जनाको अवस्था सामान्य रहेको जनाइएको छ ।
पछिल्लो २४ घण्टामा सेती अस्पतालमा १ जना भर्ना भएका छन् । पछिल्लो २४ घण्टामा अस्पतालमा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।