काठमाण्डाै – नेपालमा काेभिड–१९ (काेराेना भाइरस) काे थप नयाँ भेरियन्ट पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति निकालेर नेपालमा काेराेना भाइरसकाे थप नयाँ भेरिएन्ट पत्ता लागेको जानकारी गराएको हो ।
वैशाख २६ देखि जेठ २० सम्म देशभरबाट सङ्कलित नमुनाकाे राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा छनाेट गरी ४८ वटा नमुना विश्व स्वास्थ्य सङ्गठनकाे नेपालमा रहेकाे कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयकाे सहयाेग र समन्वयमा भारतकाे नयाँ दिल्लीमा रहेकाे आईजीआईबी मा सिक्वेन्सिङका लागि जेठ २६ गते पठाइएकाे थियाे । ती नमुनाकाे जिनाेमिक पहिचान गर्दा ४७ नमुनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएकाे र एउटा नमुनामा अल्फा भेरियन्ट (बी.१.१.७) पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ ।
४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये नाै वटामा थप उत्परिवर्तन के ४१७एन म्युटेशन भेटिएकाे र यसलाई एवाई.१ नाम दिइएकाे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले विज्ञप्तिमार्फत जानकारी दिनुभएकाे छ । अहिलेसम्म याे म्युटेशन नेपालसहित विश्वका १० भन्दा धेरै देशमा पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ ।
याेसहित नेपालमा अहिलेसम्म भेरियन्ट अफ कन्सर्नका रूपमा अल्फा र डेल्टा भेरियन्ट तथा भेरियन्ट अफ इन्ट्रेस्टका रूपमा कप्पा भेरियन्ट पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ ।
‘यी भेरियन्ट बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएकाे छ । त्यसैले सङ्क्रमण राेक्न हामी सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डकाे पालना गर्न/गराउन भूमिका बढाउन सबैकाे जानकारीका लागि अपिल गर्दछाैँ’, मन्त्रालयले भनेकाे छ ।