सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रयोगशालामा १ सय ४९ नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले दिएको जानकारी अनुसार धनगढीका २ जना, धनगढीबाहेक कैलालीका १२ जनामा संक्रमण पुष्टि भएको हो । हाल अस्पतालमा २० जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।
जसमध्ये २ जना भेन्टिलेटर ११ जना आइसियूमा, ४ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने ५ जनाको अवस्था सामान्य रहेको छ ।
पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ३ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने २ जना अस्पताल भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा अस्पतामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।