म दिउँसो जन्मेको जुनकिरी हु,
दैबले अलि पर मिल्काएर फ्याँकिएको लाञ्छना को थुप्रो हु म
समाजवाद,साम्यवाद भन्दा कोसौँ दूर मनोवादले बाँधिएको
आफ्नो गरिबिको श्रीपेचले च्यापिएको गरिब हु म।
मलाई कुनै सिकन्दरले पनि जित्न सक्दैनन्
म त भोक शीत लडेको योद्धा परे
मलाई हेप्दैनन् यी घाम,पानी,विपत्तिले म येहि सङै हुर्के बढे।
मलाई मेरै झुपडीले सिकाउँछ गुरु शिक्षा अति
भन्छ मलाई `अरे मित्र सहनु असिना,शीत सक्छौ जति´।।।
भन्छन् यी मेरा भित्ताहरू टुकुटुकु हेरि मलाई
नचर्कनु न भत्किनु एक दिनको हुरी चट्याङले।
भित्ताको घडी जस्तौ छ मेरो जीवन चक्कर लगाएर फेरि १२ बज्छ,
निकै टाढाको सानो तारा जस्तै छु म गरिब,
मेरो अस्तित्वको कसैलाई मतलब छैन,,
म मरे मेरो परिवारले एक गाँस बढी चपाउन पाउँछन्।
मलाइ सिक्नु छैन कुनै सार्थकता का पाठहरू
मेरो आफ्नै जीवन प्रश्न वाचक चिन्ह जस्तै छ?
धेरै छन् मनमा गुम्सिएका सोध खोजहरू
जो चन्द्र बिम्ब झैँ छन् तर थोरै प्रभावकारी छन्।
मलाइ सबै तन्त्रहरू गोशकृत जस्तै लाग्छन्
सायद यी तन्त्रले मालाई सदैव परजात बनाएर होला,
मलाई किन होस त तन्त्र मन्त्र प्रति आश्वासन
खै किन किन मलाइ तरबार बनाएर
घरबार बनाउने कुरा व्यर्थ लाग्छ।
मलाइ त भगवान् प्रति पनि कुनै रोष छैन
भगवान् पनि त पैसामा बिक्छन् नि यसमा उसको दोष छैन।
बस यही पैसा भन्ने कागज ले होला
सबको घरमा दिन अनि मेरी घरमा रात भयो।
मेरो लक्ष्य त त्यो दिन नै तुहिन्छ जब मेरो जन्म नै सडक पेटिका भयो,
मेरो लागी उडी छुनु हैन, पाए एक गाँस खानु चन्द्र हेरि हो।
यति बुझे हुन्छ म मूर्ख होइन मुमुर्षू गरिब हु
सिल्पट मेरो जीवनको तेरीज नै युद्ध हो।
कविता -अविरल यात्री(मनिष कठायत)