नेकपा एमाले सुदूरपश्चिम प्रदेशको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ७ जना सांसदलाई निलम्बन गर्ने निर्णय गरेको छ । सोमबार दिउँसो बसेको संसदीय दलको बैठकले ७ सांसदलाई निलम्बन गरेको हो ।
संसदीय दलले निलम्बन गरेका सांसदहरूमा पुर्वमन्त्रीसमेत रहेका पठानसिंह बोहरा, नेपालु चौधरी, रतन थापा, लिलाधर भट्ट, माया तामाङ, बलदेव रेग्मी र ग्याल्बु बोहरा रहेका छन् ।
उनीहरूमध्ये रतन थापा र पठान सिंह बोहरा लाई १५ दिन, लिलाधर भट्ट र बलदेव रेग्मी लाई १० दिन र अन्यलाई ७ दिनका लागि निलम्बन गरिएको संसदीय दलले जनाएको छ ।
संसदीय दलले जारी गरेको ह्विप पटक पटक उल्लङ्घन गरेको आरोप लगाउँदै संसदीय दलले ती सांसदलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
सुदूरपश्चिम प्रदेशकी प्रमुख सचेतक दुर्गा विकले सांसदबाट मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन र नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न दलले जारी गरेको ह्विप उलङ्घन भएको बताइन् ।।