१.बेचैनी मनको छटपटी छाती हुन्छ भटभटी !
२. जून रातको उज्यालो चिर्न जगतको अँध्यारो !
३.निशा जगतको अँध्यारो चिर्न आउँदै उषा!
४.ज्योति वर्तमान आवश्यकता फाल्न अहिलेको अँध्यारो !
५.जीवन सङ्घर्षको मैदान अझै उकालोको यात्रा!
६ पाइला दौडको मैदान निरन्तर बढ्दै अगाडि!
७. धोका उसको प्रवृत्ति मेरो सोझोपनको फाइदा!
८.विद्यालय बन्द आजभोलि बालबालिकाको भविष्य!
९. लाटो मनको बाठो समयअनुसार चल्ने बाटो!
१०. जीवन कर्कलाको पानी दाउरा जलेर खरानी !
भिमराज अम्मै
घोडाघोडी नगरपालीका १०,पहलमानपुर