नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ४०७ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यो अवधिमा कोरोना कारण ४६ जनाको मृत्यु पुष्टि भएको छ ।
१२ हजार ४०६ नमुनाको परीक्षण गर्दा दुई हजार ४०७ जनामा संक्रमण देखिएको हो । नेपालमा आजसम्म कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या आठ हजार ४१२ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा तीन हजार ९९४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।