गएको २४ घण्टामा नेपालमा ३ हजार ७५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १५ हजार १८२ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन्।पीसीआर विधिबाट ९ हजार ५९८ जनाको परीक्षण गर्दा २ हजार ७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको हो।
हालसम्म पीसीआर विधिबाट ६ लाख ४ हजार ३९६ जनामा संक्रमण पुष्टि भएको छ एन्टिजेन विधिबाट १८ हजार ७५५ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै
आज ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन्। हालसम्म ५ लाख २० हजार ८१६ जना संक्रमणमुक्त भइसकेका छन्। नेपालमा निको हुने दर ८६।२ प्रतिशत रहेको छ ।
द्यष्मजबिद
यस्तै, ६७ जनाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै ८ हजार ३०५ जनाको मृत्यु भइसकेको छ।