धनगढीमा गरीएको कोरोना परीक्षणमा थप ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १७९ नमुना परीक्षण गर्दा ८६ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।
उनका अनुसार धनगढीका ३२ जना यस्तै धनगढीबाहेक कैलालीका ३७ जना र अन्य जिल्लाका १७ जनामा सङ्क्रमण पुष्टि भएको छ । हाल अस्पतालमा २६ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने ९ जना अस्पताल भर्ना भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा कैलाली गोदावरी नगरपालिका ५ का ७७ वर्षीय,कञ्चनपुर बेलौरी ५का ५४ वर्षीय र अछाम साफे ७ का १७ वर्षीय पुरुष रहेका छन् ।