धनगढीमा गरीएको कोरोना परीक्षणमा थप ७४ जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा १ सय ७९ नमूना परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
उनका अनुसार धनगढीका ३८ जना यस्तै धनगढीबाहेक कैलालीका १९ जना र अन्य जिल्लाका १७ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । हाल अस्पतालमा २४जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
जसमध्ये ३ जना भेन्टिलेटरमा, ९ जना आइसियूमा, १४ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने १ जनाको अवस्था सामान्य रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालमा १७ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । ८ जना अस्पताल भर्ना भएका छन् । पछिल्लो २४ घण्टामा अस्पतामा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।