दार्चुलामा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको महाकाली नगरपालिका–३ काटैँ बस्ने ३१ वर्षीय लोकेन्द्र बमको भीरबाट लडेर मृत्यु भएको हो ।
मंगलबार जिल्ला सदरमुकाम खलंगाबाट घर जाने क्रममा राति १० बजेतिर सोही ठाउँको धार भन्ने भीरबाट लडेर घटनास्थलमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाचुलाले जनाएको छ ।