- तीव्र रूपमा फैलिरहेको संक्रमक रोग कोरोना भाइरसका कारण देश पुरै बन्दाबन्दीको अवस्थामा छ ।यो रोग एक व्यक्तिबाट धेरै व्यक्तिमा नसरोस् भनेर उद्देश्यले नै बन्दाबन्दी जारी गरीएको हो ।
कोरोना भाइरस (कोभिड–१९)को प्रकोपका कारण धेरै देशले यति बेला लकडाउन÷निषेधाज्ञाको नीति अपनाएका छन । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरले छिमेकी मुलुक भारत सँगै नेपालमा पनि भयावह बनेको छ । यो स्थितिले चिन्ताजनक स्वरूप ग्रहण गर्दै छ ।
बन्दाबन्दीले घरमा बसिरहँदा मानिसमा मनोवैज्ञानिक असर परेको छ । मानिस नैराश्य जस्ता रोगले पीडित भएका छन् । समाजमा यसको ठुलो प्रभाव देखिरहेको छ।
नेपालमा यो समयमा रोगले भन्दा पनि मानिसहरू भोकले धेरै पीडित भएका छन साँझ बिहान काम गरेर जिबिको उपार्जन गर्ने समुदायमा त झन् यो निषेधाज्ञाले निकै समस्या निम्त्याएको छ। अहिले साझबिहान चुलो बाल्न पनि धौ–धौ भएको छ । हामी पनि त्यही समुदायमा हुर्केका हुनाले होला निकै मार खेप्नुपरेको छ ,बाहिर जाऊ रोगको डर,भित्रै बसौँ भोक को डर आखिर मर्नु पर्ने गरिब पीडितले नै रहेछ।
दैनिक सिमानाकामा आउने र जानेको हजारौँको सङ्ख्यामा भिड देख्न सकिन्छ,तर त्यहाँ कुनै पनि खालको सुरक्षाको अनुभूति गर्न पाइँदैन । देशमा बिरामीको चाप बढ्दै छ अस्पतालमा बेड खाली छैन तर हाम्रो देशका नेताहरू भने कुर्चीको लागि मात्रै लडिरहेका छन् ।
सरकारले तदारुकताका साथ यदि आफ्नो भूमिका निर्वाह गरेको भए सायद यति बिजोग स्थिति हुने थिएन होला ।
सरकारले कोरोना भाइरसको परिक्षणदर बढाउने, आइसोलेसन मा बसेकाहरूलाई सुरक्षित क्वारेनटाइन बनाएको भए मानिसहरूले आफ्ना आफन्त ,छिमेकी गुमाउनु पर्ने थिएन।
स्थानीय,प्रदेश र केन्द्रीय सरकारले गर्न नसकेका कामहरू यति बेला निजी संस्था तथा स्थानीय सामाजिक अभियान्ताहरुले गरिब पीडितहरूको भोक मेटाई दिने काम गरेकाछन।
उनीहरूको यो काम देखेर सलाम गर्न मन लाग्छ । ए सरकार अब सोच्ने कहिले रु अरूबाट केही सिक्न सकिन्छ कि यस्ता अरू विभिन्न किसिमका महामारीहरू आए भने काम लाग्न सक्छ। के अव नागरिकले खान नपाएरै मर्नु पर्ने होर सरकार ? की सङ्क्रमितहरूले अक्सिजन नपाएरै ज्यान गुमाउनुपर्ने हो ? यसतर्फ अहिले गम्भीर नबने कहिले बन्ने सरकार रु कि जनता भोट बैङ्क मात्र हुन् ।
अहिले खान नपाएरै र सास र्फेन नपाएर नागरिकले ज्यान गुमाएमा तिम्रा भोट पनि घट्छन् याद राख,यसतर्फ सम्बन्धित सरोकारवालाहरू सबैको ध्यान जान आवश्यक छ ।