धनगढी, २० जेठ –
कोरोना कहरकैबीच सुदूरपश्चिमका नाकाहरू अस्त–व्यस्त छन् ।कोरोना त्रासले रोजगारीको लागि भारत गएकाहरू नेपाल फर्किने र रोगको प्रवाह नगर्दै भोक टार्न भारत जानेहरूको दृश्य नाकामा देख्न सकिन्छ ।
भारतमा नेपालीहरूले काम गर्ने प्रमुख क्षेत्रहरू कलकारखाना,निर्माणको काम र होटेल व्यवसाय लगायत रोजगारीका क्षेत्रहरू बन्द भएकाले स्वदेश फर्कने क्रम बढ्दो छ । तर मजदुरीकै लागी भएपछि परिवारको छाक टार्न सकिने भन्दै भारत जानेहरूको सङ्ख्या पनि उत्तिकै छ ।
नेपाल भारत आउजाउ गर्ने यात्रुहरूलाई सहजीकरण पशुपति टुर एन्ड ट्राभल्स प्रालीले गरिरहेको छ ।यात्रुहरूलाई सुपथ मूल्यमा गुणस्तरीय सेवा दिइरहेको बस सञ्चालक समितिका सदस्य जगदीश आचार्यले बताए ।
‘यात्रुहरूलाई भरपर्दो सेवा दिइरहेको हामीले सुरक्षित ढङ्गले यात्रुहरूलाई सेवा दिइरहेका छौँ’,उनले भने,‘कहिले समस्या पनि आउँछ। मे २८ अथवा ज्येष्ठ १४ गते भारतको व्याङ्लोर देखि यात्रु बोकेर छुटेको बस प्राविधिक कारणले बिचवाटोमै रोकियो,त्यतिखेर पनि हामीले सावधानी अपनाएर केही दिनमै यात्रुहरूलाई नेपाल पुरायौँ,यात्रुहरू खुसी छन्।’
‘नेपालमा त नेपाली भ्रष्ट्राचार नेताहरूले नेपालीलाई ठगी गर्दै गरिब ले तिरेको करलाई पनि आफ्नो व्यवसाय बनाइरहेका छन’,आर्चायले भने,‘तर यो प्रवासमा हामीले नेपालीहरूको निस्वार्थ सुपथ मूल्यमा सेवा दिइरहेका छौँ।’
पशुपति टुर एन्ड ट्राभल्स प्राली भारतमा रहेका प्रवासीको सारथि बनेको हेममाया फाउन्डेसन भारत शाखा संयोजक उमेश पाण्डेले बताए।
‘हामी प्रवास मा छौ नेपाल मा भएका नेपाल का राजनीतिज्ञ भ्रष्ट्राचार नेताहरूले गर्दा आफ्नै जन्मभूमिमा रोजगारी पाइएन’,उनले भने,‘भारतमा पसीना सँग पैसा साट्दै छौँ,हाम्रो दुःख सुखमा यातायात प्रालीले सहयोग गरिरहेको छ।’
उनले थपे,‘जब सम्म आफ्नो पसिना भुईँ मा चुहाउँदैनौ तबसम्म यिनीहरूका गाली,लट्ठी ,लागेको निन्द्रा ,र भोक ,प्यास लाई हटाई जुन कार्य सफल पार्नै पर्छ तब भारतिय नागरिक नेपालीबाट मोहित हुन्छन्,हामी प्रवासमा धेरै मेहनत गर्दछौँ।’
भारतमा नेपालीको सारथि बन्दै पशुपति टुर एन्ड ट्राभल्स
"सुपथ मूल्यमा गुणस्तरीय सेवा "
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु