राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित तीनवटा अध्यादेश जारी गरेकी छन्।
राष्ट्रपति भण्डारीले शनिबार मन्त्रिपरिषद्को सिफारिसबमोजिम आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेकी हुन्।
संसद् विघटन भएकाले सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज ४ बजे सिंहदरबारबाट आगामी आव २०७८र७९ को बजेट भाषण गर्दै छन्। त्यसैका लागि राष्ट्रपतिले तीन अध्यादेश जारी गरेकी हुन्।