बैतडी – दशरथचन्द नगरपालिका–९ स्थित जोशीबुङ्गा स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ। नगरपालिकाले वडा नं ९ र ११ का नागरिकलाई लक्षित गर्दै उक्त एम्बुलेन्स प्रदान गरेको हो।
सोमबार नगर प्रमुख पुष्करराज जोशीले वडा नं ९ का अध्यक्ष मोहनदेव जोशी र वडा नं ११ का अध्यक्ष जयदत्त पन्तलाई संयुक्त रूपमा एम्बुलेन्स हस्तान्तरण गरे। यसअघि देहीमाण्डौं स्वास्थ्यचौकीमा रहेको एम्बुलेन्स मर्मतपछि जोशीबुङ्गा स्वास्थ्यचौकीमा हस्तान्तरण गरिएको हो।
यो सेवाले वडा नं ९ र ११ का आकस्मिक बिरामी, गर्भवती तथा सुत्केरी आमाहरूलाई सुविधासम्पन्न अस्पतालसम्म पुर्याउन सहयोग पुर्याउने विश्वास गरिएको छ।