कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सोमबारदेखि सुरु भएको छ। ‘कृषि, उत्पादन र स्वरोजगार, आर्थिक समृद्धिको आधार’ नारासहित १० दिनसम्म चल्ने महोत्सवको उद्घाटन नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र भारतको उत्तराखण्डका संस्कृति तथा पर्यटन मन्त्री सतपाल सिंह रावत सतपालजी महाराज ले संयुक्त रूपमा गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सरकार गम्भीर रहेको बताए । यस्तै भारतका मन्त्री महाराजले नेपाल– भारत व्यापार र पर्यटन प्रवर्द्धनमा महोत्सवहरूको महत्त्व भूमिका हुने बताए ।
महोत्सवमा स्थानीय व्यवसाय, कृषि, पर्यटन र हस्तकलालाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ। विभिन्न सांस्कृतिक झाँकी, मनोरञ्जनात्मक कार्यक्रम, र स्थानीय उत्पादनका स्टलहरू पनि राखिएका छन्।