धनगढी- कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ५ जना पक्राउ परेका छन्। सोमवार कैलालीको धनगढीबाट २ र कञ्चनपुरको भीमदत्त नगरपालिका र पुनर्वासबाट ३ जना पक्राउ परेका हुन।
धनगढी उपमहानगरपालिका–७ जोखरतालका एक किशोरको साथबाट १ ग्राम १६० मिलिग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
यस्तै धनगढी उपमहानगरपालिका–३ चौराहाबाट धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय रुस्तम रानाले चलाएको सुदूरपशिच्म प्रदेश ०१०१२ प २०६२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा १ ग्राम १०० मिलिग्राम लागूऔषध बरामद गरि अस्थाइ प्रहरी पोष्ट विशालनगर कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।