धनगढी– सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल सुदूरपश्चिम प्रदेशको नयाँ कार्यसमिति चयन भएको छ । दुई दिनसम्म धनगढीमा चलेको सञ्जालको अधिवेशनले बिहिबार साँझ नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले कैलालीका ढुंगानालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । प्रदेश स्तरीय अधिवेसनले ढुंगानाको नेतृत्वमा १५ सदस्यीय प्रदेश कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा बसन्ती सुनार, सचिवमा दीपकराज जोशी, सहसचिवमा यशोदा मल्ल र कोषाध्यक्षमा कृष्णा चौधरी चयन भएका छन ।
यस्तै, सदस्यमा महावीर चौधरी, सुनिता राना, मनीषा चौधरी, उषा महर, सम्झना थापा, चेतना जोशी, राधा धामी, पुष्पा भण्डारी र खुशीराम राना चयन भएका जनाइएको छ ।