अत्तरियाः अत्तरिया हस्पिटलले सामाजिक उत्तरदायित्वअन्तर्गत अत्तरियामा रहेको समता स्कुललाई शैक्षिक सामग्री प्रदान गरेको छ। करिब ३०० विद्यार्थीलाई पुग्ने स्टेसनरी सामग्री हस्पिटलले हस्तान्तरण गरेको हो।
अस्पतालका सञ्चालक डा रोजी जोशीका अनुसार हस्पिटलले समयसमयमा शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवामा योगदान दिँदै आएको छ। “समाजप्रति जिम्मेवारी बोध गर्दै हामीले विद्यार्थीको अध्ययन सहज बनाउन सहयोग गरेका हौं,” उनले भने।
१०० शय्याको क्षमतासहित सञ्चालनमा रहेको अत्तरिया हस्पिटलले समय समयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। साथै, विपन्न तथा बेसहारालाई आवश्यक सहयोग उपलब्ध गराउँदै आएको अस्पताल प्रशासनले जनाएको छ।
समाजसेवा मार्फत स्थानीय स्तरमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले गरिएको यस पहललाई विद्यालय प्रशासन र विद्यार्थीले स्वागत गरेका छन्। विद्यालयका प्रधानाध्यापकले हस्पिटललाई धन्यवाद दिँदै यस सहयोगले विद्यार्थीको शैक्षिक यात्रामा टेवा पुर्याउने विश्वास व्यक्त गरे।