धनगढी- धनगढीको सबैभन्दा पुरानो र ठुलो संस्थागत विद्यालय ऐश्वर्य विद्या निकेतनका प्रधानाध्यापक प्रेमनिधि ओझा आगामी माघ २९ गतेबाट सेवा निवृत्ति हुँदै छन्।
२०३३ सालमा स्थापना भएको सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्था ऐश्वर्य विद्या निकेतनको १० औँ प्रधानाध्यापकको जिम्मेवारी ओझाले २०७६ बैशाखाबाट पाएका थिए।
ओझा २०५२ सालमा ऐश्वर्य विद्या निकेतनको अङ्ग्रेजी शिक्षकको रूपमा सेवा प्रवेश गरेका हुन्। लामो समयसम्म सहायक प्रधानाध्यापक भएर सेवा गरेका ओझालाई विद्यालयले धर्मदेव भट्टका उत्तराधिकारीका रूपमा प्रधानाध्यापकको जिम्मेवारी मिलेको हो।